उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

सर्वोच्च अदालतले स्थानीय चुनावमा उम्मेदवार हुन जनप्रतिनिधिले मनोनयन अघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसिंहता तत्काल कार्यान्वयन नगर्न अन्तरिम अन्तरकालीन आदेश जारी गरेको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आज कारण देखाउसहित सो आदेश जारी गरेको हो ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।

  • ८ चैत्र २०७८, मंगलवार १५:१९ प्रकाशित