रामघाट तीरभिर संरक्षण समूहले उपमेयर गुरुङको ध्यानकर्षण गरायो

केन्द्रभाग मिडिया

पोखरा ।
रामघाट तीरभिर संरक्षण समुहले पोखरा महानगरपालिका उपमेयर मन्जु गुरुङ्गको ध्यानकर्षण गराएको छ । यस पहिले महानगरलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख भएका माग पुरा गर्न समूहले गुरुङको ध्यानाकार्षण गराएको हो ।

मेयार, उपमेयर र वडाका जनप्रतिनिधिको अवधि सकिनु पहिले नै माग सम्बोधन गर्न भेटमा सहभागी समूहका प्रतिनिधिले उपमेयरलाई भनेका थिए ।

ध्यानाकर्षण पत्रलाई गम्भीरता पुर्वक लिएर समयमै सम्बोधन नगरे जस्तोसुकै बिरोधको कार्यक्रम ल्याउन बाध्य हुने समूहका संयोजक किसान विश्वकर्माले जानकारी दिए । स्थानीय आमा समूह सहित समूहका पदाधिकारी सदस्य सो अवसरमा सहभागी थिए ।

कार्यपालिका बैठकमा मेयर मार्फत प्रस्ताव आएमा छलफल हुने र स्थानीयका माग सम्बोधन हुने उपमेयर गुरुङले विश्वास दिलाईन् । समूहले सेती नदि रामघाट परियोजनालाई अगाडी बढाउन र त्यस क्षत्रको वातावरण समेत संरक्षण हुने गरी कार्यक्रम ल्याउन माग गरेको छ ।

  • ८ चैत्र २०७८, मंगलवार १४:४२ प्रकाशित