मन्त्रीपरिषदमा हामीलाई हैसियत अनुसारको भाग चाहिन्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

धनुषा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री हेरफेर हुनसक्ने बताएका छन् । मन्त्रि हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको भाग चाहिने प्रचण्डको माग छ ।

मंगलबार माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम गएका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीको हैसियत अनुसार मन्त्रिपरिषदमा भाग चाहिने बताए । यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनिसकेको उनको भनाइ थियो ।

उनले मन्त्रीमण्डल हेरफेरको सम्भावना रहेको भन्दै प्रधानमन्त्री देउवासँग पार्टीको हैसियत अनुसार भाग मागेको स्पष्ट पारे । यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहेको उनको भनाइ थियो ।

  • ८ चैत्र २०७८, मंगलवार १३:२५ प्रकाशित