सम्पूर्ण शक्ति निर्वाचन केन्द्रित गर्ने नेकपा (एस) गण्डकीको निर्णय

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश समतिको तेस्रो पूर्ण वैठक सोमवार पोखरामा सम्पन्न भएको छ । वैठकले गण्डकी प्रदेशमा पार्टीको संगठन निर्माण तथा आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानिय तहको निर्वचनमा कार्यकर्ता परिचालन सम्वन्धि महत्वपूर्ण निर्णय गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार वैठकले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनको तयारीमा लगाउने निर्णय गरेको छ । त्यसका लागि प्रदेश स्तरमा प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी, जिल्ला, महानगरपालिका, नगरपालिका, गाँउपालिका र वडा स्तरमा निर्वाचन परिचालन कमिटी १५ भित्र ठगन गरिसक्ने र यस अगाडि वनेका सवै कमिटीहरुलाई निर्वाचन परिचालन कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
वैठकले स्थानिय तहका उमेद्धवार पार्टीले तय गरेका मापदण्डको आधारमा जनवादी प्रक्रियाको आधारमा छनौट गर्ने, मुलुकले भोगिरहेका, र गण्डकी प्रदेशका जल्दावल्दा समस्याहरुको तथ्यपरक बिश्लेषण र ति समस्याका समाधान गर्ने प्रतिवद्धता सहित प्रत्येक स्थानीय तहमा बिज्ञ सहित रहने गरि तीन सदस्यीय घोषण पत्र मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।

यसैगरि निर्वाचन प्रचार प्रसारमा जिल्ला पालिका वडा र वुथ प्रचार कमिटीहरु वनाउने, युवा बिद्यार्थी, महिला, विभिन्न पेशाकर्मी लयातका जनसंगठनहरु रहेका प्रचार कमिटीहरु वनाउने, घर दैलो कार्यक्रम गर्ने, आवश्यकता अनुसार आमसभा तथा कोण सभाहरुको आयोजना गर्ने लगायतका निर्णय गरेको ईन्चार्ज श्रेष्ठले जानकारी दिए । वैठकले नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण नेपालीलाई गण्डकी प्रदेशको कार्यालय सचिवमा मनोनित गरेको छ । वैठकमा प्रदेशका ११ वटै जिल्लाको पार्टीको अवस्था, निर्वाचनमा आउन सक्ने परिणाम जिल्लामा नेकपा एस को प्रभाव लगायतका विषयमा समूहगत छलफल गर्दै निचोड प्रस्तुत गर्नुका साथै र जिल्लाको स्थलगत रिपोटिङ समेत गरिएको जनाइएको छ ।

नेकपा एकिकृत समाजवादी गण्डकी प्रदेशका अध्यक्ष रामजी शर्माको अध्यक्षतामा भएको वैठकमा सो पार्टीका उपाध्यक्ष तथा गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठ, स्थायी कमिटी सदस्य देवेन्द्र महतरा, पोलिट्व्यूरो सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष प्रेम नारायण पौडेल, सचिव प्रतापलाल श्रेष्ठ लगायतले संवोधन गरेको पार्टीका पोलिट्व्यूरो सदस्य एवं प्रचार बिभाग प्रमुख श्रीनाथ वरालले जानकारी दिए ।

  • ७ चैत्र २०७८, सोमबार २१:२५ प्रकाशित