निर्वाचन आयोग भन्छ,‘जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त हुँदैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त नहुेन भन्दै स्पष्टिकरण दिएको छ ।

निर्वाचनमा सहभागी हुने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा एमालेले आपत्ति जनाएपछि निर्वाचन आयोगले प्रस्टीकरण दिएको हो। निर्वाचन लड्ने जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त नहुने पनि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगका प्रवक्ता पौडेलले जम्माजम्मी २०-२१ दिन मात्रै स्थानीय तह प्रभावित हुने बताए । त्यसपछि नयाँ जनप्रतिनिधिले जिम्मेवारी सम्हाल्ने उनले बताएका छन् ।

उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षले र उपाध्यक्ष पनि नभए सदस्यलाई कार्यवाहक दिनुपर्छ । त्यसैले सम्पूर्ण पालिका रिक्त हुन्छ भन्ने कुरा गलत हो ।’यो व्यवस्था नगरिएको भए दुर्घटनामा पर्ने उनको भनाई छ ।

  • ७ चैत्र २०७८, सोमबार १७:०७ प्रकाशित