अदालतल दियो एनआरएनएको चुनाव रोक्न आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

अदालतले गैर आवासीय नेपाली संघ एनआरएको निर्वाचन रोक्न आदेश दिएको छ । यही चैत १० र ११ गते हुने भनिएको निर्वाचन रोक्न अदालतले आदेश दिएको हो ।

एनआरएनएको चुनाव रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले निर्वाचन कार्यक्रम नगर्नु नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले उक्त मुद्दामा ९ चैतमा दुवै पक्षलाई छलफलमा बोलाएको बताए ।

  • ७ चैत्र २०७८, सोमबार १६:०९ प्रकाशित