एमाले पोलिटब्युरो बैठक बस्दैः यी हुन् बैठकका एजेण्डा

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले पोलिटब्युरो बैठक बस्दैछ । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आज बिहान ११ बजे बैठक बस्न लागैको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ।

बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकअघि पोलिटब्युरो बैठक बोलाएको हो ।

गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक बस्ने निधो गरेको थियो । स्थायी कमिटीको बैठक भने चैत १३ गते बस्नेछ ।

  • ७ चैत्र २०७८, सोमबार ०९:३३ प्रकाशित