एमालेको पोलिट्व्यूरो बैठक भोलि

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको पोलिट्ब्यूरो कमिटीको बैठक भोलि सोमबार बस्ने भएको छ ।

सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उनले बताए । पोलिट्व्यूरो कमिटीमा १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।

त्यस्तै एमालेको केन्द्रीय कमिटीको बैठक ९ र १० चैतमा बस्नेछ भने १३ गते स्थायी कमिटी बैठक बस्नेछ ।

  • ६ चैत्र २०७८, आईतवार १७:०२ प्रकाशित