लिमी जहाँ चुनावअघि नै नियुक्त भए जनप्रतिनिधि

केन्द्रभाग मिडिया

हुम्ला ।

हुम्लामा चुनावअघि नै जनप्रतिनिधि नियुक्त भएका छन् ।

नाम्खा गाउँपालिका–६ लिमीका बासिन्दाले गाउँ भेला गरि वडाध्यक्ष र सदस्य चुनेका हुन् । सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । तर स्थानीयले गाउँ भेला गरी वडाध्यक्ष र सदस्य चुनेका हुन् ।

झन्डै १ सय ५० घरधुरी रहेको लिमीमा जाङ, हल्जी र तिल गरी ३ गाउँ छन् । गाउँ भेलाबाट वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । सदस्यहरूमा हल्जीबाट छिरिङटुङडुप तामाङ, जाङबाट पुटी तामाङ र तिलबाट टुङडुप लामा चयन भएका छन् । उनीहरू सबै नयाँ हुन् ।

स्थानीयले अब गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने भएका छन् । त्यहाँ २०७४ को स्थानीय तह निर्वाचनअघि पनि यसरी नै जनप्रतिनिधि चुनिएको थियो ।

 

  • ६ चैत्र २०७८, आईतवार १४:४८ प्रकाशित