प्रचण्डले अन्याय गरेको भन्दै राजीनामा दिएका विष्ट एमाले प्रवेश गर्दै

केन्द्रभाग मिडिया

सुर्खेत ।

कर्णाली प्रदेश सभा सदस्य तथा नेकपा माओवादीका प्रमुख सचेतक ठम्मर विष्ट एमाले प्रवेश गर्ने भएका छन् ।

पार्टीभित्र अन्याय भएको भन्दै प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिदै उनी एमाले प्रवेश गर्न लागेको बताइको छ।

आज बिहान ११ बजे वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको वृहत भेला कार्यक्रममा उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।उनलाई नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

विष्टले फागुन २७ गते इमेलमार्फत प्रदेशसभा सचिवालयलाई राजीनामा पत्र पठाएका थिए । शुक्रबार कर्णाली प्रदेश सभाका सभामुख समक्ष प्रदेश सभा सदस्य छोडेको सनाखत गरेका बिष्ट त्यसको ठिक दुई दिन पछाडि नै एमाले प्रवेश गर्ने भएका हुन् ।

बिहीबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले बिष्टलाई राजीनामा फिर्ता लिन र पार्टी काममा फर्कन निर्देशन दिएको थियो छर उनले सँधै प्रचण्डको अन्याय सहेर बस्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

  • ६ चैत्र २०७८, आईतवार ०८:५५ प्रकाशित