कांग्रेस कास्की जिल्ला सदस्यमा ७ जना मनोनित

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस कास्कीले ७ जना सदस्य मनोनित गरेको छ । पार्टीको विधान बमोजिम पार्टी सभापति किशोरदत्त बरालले ७ जनालाई जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् ।

शनिबार बसेको पार्टीको पूर्ण बैठकले सभापतीले प्रस्ताव गरेका नाम अनुमोदन गरेको हो ।

मनोनित हुनेमा पोखरा महनगर ५ का गंगाधर पराजुली, मादी गाउँपालिका–३ का अर्जुन गुरुङ, पोखरा–१५ का वर्षाकेशव पराजुली, पोखरा महानगर – २७ का बाबुराम गिरी, पोखरा–६ की सविना तिमिल्सिना, पोखरा–१० का निर्मला कार्की भण्डारी र पोखरा–२२ की कमला विन्दु बराल छन् ।

 

  • ५ चैत्र २०७८, शनिबार १७:३३ प्रकाशित