खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको अध्यक्षमा दिननाथ बराल निर्वाचित भएका छन् । पोखरामा आज सम्पन्न मञ्चको दोस्रो अधिवेशनबाट बरालको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको हो ।

प्रतिष्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पराजित गर्दै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका लागि भएको निर्वाचनमा कुल ४९ मत खसेकोमा बरालले २९ मत प्राप्त गर्दा पराजित अधिकारीले २० मत प्राप्त गरे । बराल पोखरामा रहेका पात्रकारीता गदैँ आएका छन् ।

अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल र कोषाध्यक्षमा कविता घर्ती मगर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दीपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती ढएमबी आस्थाण र राजु गिरी निर्विरोध चयन भएका छन् ।

 

  • ५ चैत्र २०७८, शनिबार १७:१९ प्रकाशित