सार्वजनिक शौचालयमा पैसा उठाउन बसेका युवाको कुटेर हत्या

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको हत्या गरिएको छ । सार्वजनिक शौचालयमा पैसा उठाउने खोटाङ घर भएका २९ वर्षीय रोशन राईको हत्या गरिएको छ । उनलाई चैत ३ गते ५र६ जनाको समुहले कुटेर हत्या गरेका हुन् ।

सुरुमा शौचालयमा पैसा उठाउन बसेका रोशन र उक्त समुहका एकजना बिच झगडा भएको थियो । त्यस पछि ती युवाले आफ्नो समुहलाई बोलाएर रोशनलाई कुटेका थिए । कुटपिटपछि घाइते भएका रोशनलाई अस्पताल लगिएको थियो ।

उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न युवकहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • ५ चैत्र २०७८, शनिबार १७:०९ प्रकाशित