काठमाडौं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ।
आउँदै गरेको स्थानीय चुनावमा सहभागी हुने विप्लवको प्रस्तावमा सबै सहमत नहुँदा पार्टी फुट्ने सम्भावना देखिएको हो । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय बैठकमा औपचारिक रुपमै चुनावमा सहभागी हुने प्रस्ताव राखेपछि पार्टीमा विवाद बढेको छ ।
दुई दिनसम्म काठमाडौंमा चलेको पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्ताव नै अल्पमतमा परेको छ। चुनावमा सहभागी हुने विप्लवको प्रस्तावको पक्षमा पार्टी प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’मात्रै रहेका छन् भने विपक्षमा हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ उभिएका छन् ।
















