निःशर्त स्थायी गर्न करार तथा ज्यालादारी कर्मचारीको माग

केन्द्रभाग मिडिया

पोखरा ।
अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई निशर्त स्थायी गर्न माग गदै गण्डकी प्रदेश सरकारलाई ९ बुदेँ ज्ञापन पत्र बुझाएको छ ।

अर्थ मन्त्री रामजी बराल र प्रमुख सचिव रविलाल पन्तलाई संघले ज्ञापन पत्र बुझाएको हो । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ  गण्डकीका अध्यक्ष हरि पौडेल, संघका गण्डकी प्रदेश सह–इन्चार्ज मिन श्रोष्ठको नेतृत्वमा गएको टोलीले सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा सरकारी कार्यालयहरुमा कार्यरत सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई उमेरहद नलाग्नेगरी निःशर्त स्थायी गर्न माग गरिएको छ ।

रोजगारीको ज्ञारेन्टी, क्षमताको आधारमा उचित व्यवस्थापन, उपदानको ब्यबस्था, सामाजिक सुरक्षा कोषमा आबद्धता पश्चात मात्रै करार सम्झौता गर्ने, श्रम ऐन तत्काल कार्यान्वयनमा ल्याउन प्रदेश सरकार समक्ष माग गरिएको छ ।

 

  • ३ चैत्र २०७८, बिहीबार १५:२७ प्रकाशित