काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच चुनावबारे छलफल भएको छ । आज बिहीबार बिहान प्रधानमन्त्री देउवा निवास बालुवाटार पुगेका प्रचण्ड र देउवा बीच चुनावबारे सवाल जवाफ भएको हो ।
छलफलमा चुनाव हुदैँन भन्ने हल्लाबारे प्रचण्ड र नेपाले देउवासँग जिज्ञासा राखेका थिए । जवाफ देउवाले हल्लाको पछि नलाग्न आग्रह गरेको बताइएको छ। छलफलका क्रममा प्रधानमन्त्री देउवाले निर्वाचन नहुने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
देउवाले यस्तो हल्ला भइरहने तर निर्वाचन तोकिएकै मितिमा हुनेमा ढुक्क हुन आग्रह गरे।