प्रचण्डले भने,‘एमालेसँग तालमेल हुन सक्छ’

केन्द्रभाग मिडिया

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावमा प्रमुख विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल हुनसक्ने बताएका छन् ।

बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले चुनावमा माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको भन्दै प्रतिपक्षी एमालेसँग तालमेलको सम्भावना रहेको बताएका हुन् । उनले एमालेसँग माओवादीको तालमेल कांग्रेसको व्यवहारमा भर पर्ने बताए ।प्रचण्डले भने, ‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन ।’

उनले अगाडि थपे, ‘कांग्रेसका केही नेताले माओवादीसँग माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’

  • ३ चैत्र २०७८, बिहीबार १३:१० प्रकाशित