नेकपा एसले चुनावअघि कुनै पनि मन्त्री हेरफेर नगर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनअघि मन्त्रीहरुमा हेरफेर नगर्ने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाले चुनावअघि कुनै पनि मन्त्रीहरुमा परिवर्तन नगर्ने निर्णय लिएको बताएको छ । पछिल्लो समय पार्टीले हाल सरकारमा रहेका केही मन्त्रीहरु फिर्ता बोलाउने र नयाँलाई पठाउने भन्ने चर्चा चलेको थियो ।

यस विषयमा हालै सम्पन्न पार्टीको बैठकमा समेत छलफल भएपनि स्थानीय चुनाव अघि मन्त्रीहरुलाई फिर्ता नबोलाउने निष्कर्ष निकालिएको एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादी पार्टीबाट हाल शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ किसान र भवानी खापुङ मन्त्री रहेका छन् ।

खतिवडा स्वास्थ्य मन्त्री रहेका छन् भने झाँक्री सहरी विकास मन्त्री रहेकी छन् । यस्तै प्रेम आले पर्यटन, किसन श्रेष्ठ सहरी विकास र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेकी छन् ।

  • ३ चैत्र २०७८, बिहीबार ०९:५२ प्रकाशित