गण्डकीमा ६० जना सक्रिय संक्रमित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १२ जना संक्रणमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा ८९ जनामा परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ।

संक्रमित हुनेमा कास्कीका २, म्याग्दीका १ र नवलपरासी पूर्वका १ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ९७० पुगेको छ भने निको हुनेको संख्या १ लाख ४४४ पुगेको छ ।

हाल प्रदेशमा ६० सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये ५९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६६ रहेको छ।

  • २ चैत्र २०७८, बुधबार १६:३३ प्रकाशित