प्रचण्डले भने,‘चुनाव हाम्रो लागि ‘लाइफ एण्ड डेथ’बीचको ब्याटल हो’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनाव पार्टीका लागि ‘लाइफ एण्ड डेथ’ बीचको ब्याटल भएको अभिव्यक्ति दिएका छन् । आगामी निर्वाचनमा माओवादीलाई परास्त गर्न षडयन्त्र भइरहेको भन्दै उनले निर्वाचन आफुहरुको लागि जीवन मरणको सवाल भएको बताएका हुन्।

प्रचण्डले भने, ‘हाम्रो लागि यो लाइफ एण्ड डेथ –जीवन मरणको लडाइँ भएर आउँदैछ ।’आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै होइन ।

आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको प्रचण्डले दाबी गरे ।त्यसका लागि देशी विदेशी प्रतिक्रियावादी लागिपरेको प्रचण्डको भनाइ छ ।

  • २ चैत्र २०७८, बुधबार १६:२१ प्रकाशित