कमल थापा नेतृत्वको राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

केन्द्रभाग मिडिया

काठमाडौं ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी स्थानीय चुनावका लागि चुनाव चिन्ह तीर’ पाएको छ । निर्वाचन आयोगले उपलब्ध गराएका चिन्हहरुमध्ये राप्रपा नेपालले ‘तीर’ रोजेको हो ।

आज भएको जिल्ला अध्यक्षहरूको भर्चुअल बैठकमा अध्यक्ष कमल थापाले आफूले रोजेको चिन्ह नपाए पछि तीर रोजेको बताए ।हालै सम्पन्न भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजय भएपछि कमल थापा सो पार्टीबाट अलग भएका थिए ।

  • २ चैत्र २०७८, बुधबार १५:३४ प्रकाशित