को बन्ला भावी आइजीपी ? यी हुन दाबेदारहरु (नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइजीपी शैलेस थापा क्षेत्रीले अवकाश पाउने भएपछि आइजीपी बन्नको लागि रस्सारस्सी भईरहेको छ । एआइजीमा तीन डिआइजी बढुवामा सिफारिश भएलगत्तै भावी आइजीपीको दौड रोचक हुने देखिएको छ ।

एआइजी विश्वराज पोखरेल, सहकुल थापा, धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक भावी आइजीपीका दाबेदार हुन् ।एआइजीमा बढुवा सिफारिश भएका धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक एआइजीहरु विश्वराज पोखरेल र सहकुल थापाको ब्याची हुन् ।

हिजो प्रहरीको बढुवा समितिले तीन जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेपछि प्रहरीकै उच्च अधिकारीहरुले भने असन्तुष्टि जनाएका छन् ।

कामको आधारमा नभई बढुवा समितिले जसलाई चाह्यो उसैलाई बढुवा गर्ने गरेको भन्दै एक उच्च अधिकारीले गुनासो गरेका हुन् । २०७७ सालको पहिलो साता डीआईजीमा बढुवा भएका १० जनामध्ये ३ जना एआईजीका लागि सिफारिस भएका हुन् ।

आइजीपी शैलेश थापा क्षेत्री १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधिका कारण घर जाँदैछन् ।

  • २ चैत्र २०७८, बुधबार १३:४३ प्रकाशित