आइसीसी लिग २: नेपाल आज पीएनजीसँग भिड्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज बुधबार नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे युएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ भने पपुवा न्युगिनी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले अन्तिम पटक गत भदौमा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।

शृंखला अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो । तीन खेल जित्दा एकमा हार बेहोरेको छ । नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । नेपालले अन्तिम खेल पपुवा न्युगिनीविरुद्ध मार्च २२ मा खेल्नेछ ।

लिग(२ मा नेपालले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ ।

  • २ चैत्र २०७८, बुधबार ०९:१० प्रकाशित