गण्डकीका सभामुखले भने, ‘जव गण्डकीमा कार्यक्रम हुन्छ अनि संघमा बस्नेहरुमा ….’

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गण्डकी प्रदेशमा हुने कार्यक्रमलाई लिएर बेलबखत संघ सरकारमा बस्नेहरुमा भूकम्प जाने गरेको टिप्पणी गरेका छन् । पोखरामा भेला भएका ६ वटा प्रदेशका भौतिक पूर्वाधार र यातायत हेर्ने मन्त्री र सचिवहरुको अन्तरप्रादेशिक भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

गण्डकी प्रदेकाको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको आयोजनामा पोखरा ग्राण्डमा उक्त भेला मंगलबार सुरु भएको छ । त्यसको उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा सभामुख अधिकारीले यस अगाडि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आयोजना गरेको मुख्यमन्त्रीहरुको भेला र कानून मन्त्रालयले आयोजना गरेको भेलाले केन्द्रमा भूकम्प नै ल्याएको भन्दै यो भेलाले पनि त्यस्तै भूकम्प नजाओस् भन्दै व्यंग्य गरे ।

संघमा बस्नेहरुले प्रदेशलाई अधिकार दिन नै नचाहेको उनको तर्क छ । उनले जग्गा प्राप्ति, निजामती कर्मचारी ऐन लगायतका ऐन कानून केन्द्र सरकारले नबनाएको उदाहरण पेश गरे । उनले राष्ट्रिय गौरवका आयोजना केन्द्र सरकारले र अन्य आयोजना प्रदेश सरकारले अगाडि बढाउनेपर्ने धारणा राखे । उनले जनतासंग प्रत्यक्ष जोडिएका आयोजना स्थानीय तहलाई अगाडि बढाउन दिनुपर्ने बताएका छन् ।

  • १ चैत्र २०७८, मंगलवार २१:५५ प्रकाशित