रौतहट ।
नेपाली काँग्रेस बाराको सभापति पदका लागि दोश्रो चरणको निर्वाचन हुने भएको छ । नेपाली काँग्रेस बाराको १४ औं अधिवेशन अन्तर्गत जिल्ला सभापतिसहितको कार्य समिति चयन गर्न बुधवार कलैयामा भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेका हुन् ।
काँग्रेसको विधानमा सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत हासिल गर्नुपर्छ । बिहीबार बिहान सम्पन्न मतपरिणाम अनुसार सभापतिमा ८ सय ३३ मत प्राप्त गरेर राजेश राय यादव प्रथम, ८ सय ९ मत प्राप्त गरेर शम्भु बहादुर बुढाथोकी दोश्रो र ७ सय ८ मत प्राप्त गरेर रामानन्द यादव तेश्रो स्थानमा रहे ।
दोस्रो चरणमा राजेश राय यादव र शम्भुबहादुर बुढाथोकीबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै संस्थापन पक्षका उम्मेदवार हुन् ।