सभामुखले घुडा टेक्ने नचिताए हुन्छ, उहाँको पक्षमा हामी दृढतापूर्वक उभिन्छौँ: माधव नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सभामुखका पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखमाथि महाअभियोग ल्याउन सक्ने चेतावनी दिएपछि नेपालले सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको बताएका हुन् ।

‘सभामुखको पक्षमा हामी दृढताका साथ उभिन्छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘सभामुखले राजीनामा दिने, घुँडा टेक्ने केपी ओलीका सामु नचिताए हुन्छ । हामी उहाँको पक्षमा दृढताका साथ उभिन्छौं ।’

सभामुखले सांसदको अधिकारको रक्षा गरेको भन्दै उनले ओलीले अपमानपूर्ण व्यवहार गरेको समेत आरोप लगाए ।

  • १७ फाल्गुन २०७८, मंगलवार १६:२३ प्रकाशित