विश्वकै ठूलो विमान ‘एन्टोनोभ एएन–२२५’ युक्रेनमा ध्वस्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा नष्ट भएको छ । युक्रेनी अधिकारीले यो कुरा दाबी गरेका छन् । यो खबरले उड्डन जतगमा चिन्ता र उदासी उत्पन्न गरेको छ किनभने यो विमानले शीर्ष स्थान ओगटेको छ ।

युक्रेनियन भाषामा ‘म्रिया’ र ‘ड्रिम’ भनिने यो विशाल विमान किएभ नजिकैको एयरफिल्डमा पार्क गरिएको थियो । यसलाई रुसी आक्रमणकारीले हमला गरेको युक्रेनी अधिकारीले बताए । आफूले यो विमान पुनः निर्माण गर्ने पनि उनीहरुले जानकारी दिए ।

‘रसियाले हाम्रो म्रिया ध्वस्त पारेका हुनसक्छन् । तर तिनीहरुले हाम्रो बलियो, स्वतन्त्र र लोकतान्त्रिक युरोपेली राज्यको सपनालाई कहिल्यै नष्ट गर्न सक्दैनन् । हामी सफल हुनेछौँ १’ युक्रेनका विदेशमन्त्री डिमित्रो कुलेबाले ट्वीटरमा भने ।

तर यो विमान ध्वस्त पारिएको कुराको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । एन्टोभोन कम्पनीका अनुसार विज्ञद्वारा अनुसन्धान नभएसम्म उक्त विमानको प्राविधिक अवस्थाबारे थाहा नहुने बताएको छ ।

एन्टोनोभलाई म्यानेज गर्ने युक्रेनको राज्य रक्षा कम्पनी युक्रोबोरोन्प्रोमले आइतबार एक वक्तव्य जारी गर्दै विमान ध्वस्त पारिएको तर यसलाई रसियाको खर्चमा यो बनाउने बताएको छ । विमान बनाउन ३ बिलियन डलर लाग्ने पनि बताइएको छ ।

  • १६ फाल्गुन २०७८, सोमबार १३:२४ प्रकाशित