काठमाडौं ।
आज बिहान बसेको माओवादी केन्द्रको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेपछि केही नेताले भने असहमति जनाएका छन् ।
एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी बैठकमा पाँच सिनियर नेताले असहमति जनाएका हुन ।
अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।
व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन् । यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने जनाइसकेका छैनन् ।