काठमाडौं ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बिहीबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
उनका अनुसार बैठकमा पार्टीका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ । अधिवेशन हुन बाँकी जिल्लाका सन्दर्भमा छलफल हुने पौडेलले बताए । यस्तै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा छलफल हुने छ ।
कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहितका पदाधिकारी रहन्छन् । यो समितिमा ३७ सदस्य छन् ।