बन्दुक र अवैध वन्यजन्तुको अखेटोपहार सहित एकजना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
हातियार र अबैध बन्यजन्तुको अखेटोपहारसहित एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पुम्दिभुम्दी बस्ने २८ वर्षीय खोबहादुर थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनको घरबाट ७ फिट लामो, २ फिट ६ इन्च चाडाई भएको पुच्छर सहितको चितुवाको छाला जस्तो देखिने छाला र चितुवाको दाह्रा जस्तो देखिने दुई वटा दाँटको टुक्रा र दुई नाले कार्तुस बन्दुक एक थान र त्यसमा लाग्ने गोलीसहित पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका छन् ।

पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको उनले बताए ।

साथै उनलाई वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुर समेत गरेको हुँदा थप अनुसन्धान र कारवाहीको लागि वन्यजन्तुको अखेटोपहार डिभिजन वन कार्यालय कास्कीमा पठाउने प्रक्रियामा रहेको उनले जानकारी दिएका छन् ।

  • ६ माघ २०७८, बिहीबार १८:१८ प्रकाशित