टाइगर कप भलिबलः उपाधि आर्मी र एपीएफलाई

केन्द्रभाग मिडिया

पोखरा ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा आर्मीले हेल्पलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ को सेटमा हराएको हो ।

आर्मीले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो ।

उपाधिसँगै आर्मीले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको हेल्पले १ लाख ५० हजार प्राप्त गर्यो ।

महिलातर्फको उपाधि भने एपीएफले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।

उपाधि जित्ने क्रममा एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा हराएको हो ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी १० टिमको सहभागिता रहेको थियो ।

महिला तर्फ एपीएफले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो ।

उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ ।

  • १ माघ २०७८, शनिबार १७:३७ प्रकाशित