काठमाडौं।
सरकारले दीर्घरोगी र जेष्ठ नागरिकलाई कोरोनाविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सुझाव अनुसार दीर्घ रोगी र ६० वर्ष माथिका नागरिकलाई कोभिडविरुद्ध अतिरिक्त खोप दिने निर्णय गरेको हो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दिपेन्द्ररमण सिंहले ६० वर्ष माथिका नागरिकलाई अतिरिक्त मात्रा खोप लगाउने निर्णय भएको बताएका छन् ।
यसैबीच हिजोबाट बालबालिकालाई दिने भनिएको फाइजर खोप अभियान सिरिन्ज अभावका कारण रोकिएको छ । सिरिन्ज आउनासाथ खोप अभियान सुरु हुने मन्त्रालयले जनाएको छ।