घान्द्रुकको चिहान घाटमा लाश भेटियो, हत्या आरोपमा बागलुङका अर्जुन पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

हत्या अभियोगमा बागलुङ नगरपालिका वडा नम्बर ९ कुवापानीका ३६ वर्षीय अर्जुन बि.क प्रकाउ परेका छन् । उनले बागलुङ नगरपालिका ६ लहरेपिपलका ५७ वर्षीय शिव परियारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक स्थित चिहान घाटमा रहेको ट्रस भित्र मानिसको लाश फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी अधिकृतसहितको टोली खटिई प्रारम्भिक अनुसन्धान गर्दा बिकले मारेको खुल्न आएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

उनले मापसे गरी एकआपसमा झगडा हुँदा परियारको हत्या गरेको भन्ने खुल्न आएको प्रवक्ता तिवारीले जानकारी दिए ।बिकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ५ पुष २०७८, सोमबार १६:५३ प्रकाशित