गण्डकी अपडेटः आज संक्रमित भन्दा निको हुने दोब्बर बढी

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा बढी निको हुनेको संख्या धेरै रहेको छ । ५७ जना संक्रमित निको हुदाँ २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१५४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार २८३ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ७०९रहेको छ ।

संक्रमित हुनेमा कास्कीका १०, म्याग्दीका १, तनहुँका २, बागलुङका ५ र स्याङ्जाका ४ जना रहेका छन् । ९ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५४ हजार ८४० जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १४९ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १२१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २५ रहेको छ ।

 

  • ५ पुष २०७८, सोमबार १६:३३ प्रकाशित