एक्कासी पहिरो खस्दा चालकसहित स्काभेटर पुरियो

केन्द्रभाग मिडिया

File photo

म्याग्दी।

म्याग्दीमा चालकसहित स्काभेटर पुरिएको छ ।

रघुगंगा गाउँपालिका– ४ दग्नाममा आज पहिरोले चालकसहित स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । तुदी पावर कम्पनीद्वारा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको सडक निर्माणका क्रममा चालक र स्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्काभेटर चालक रघुगंगा– २ का अन्दाजी २७ वर्षका भीमबहादुर खत्री पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । अर्को स्काभेटरको सहायताले पुरिएको स्काभेटर र चालकको खोजी भइरहेको छ । सडक खनिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको हो ।

सुरक्षाकर्मी, आयोजनाका कर्मचारी, मजदूर र स्थानीयवासी पुरिएको स्काभेटर र चालकको खोजीमा जुटेका छन् ।

  • ५ पुष २०७८, सोमबार १६:२३ प्रकाशित