गण्डकी अपडेटः २० जनामा संक्रमण, २३ जना निको भए

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने २३ जना निको भएका छन् ।

२२६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार २६१ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ६५२ रहेको छ ।

संक्रमित हुनेमा कास्कीका १०, पर्वतका २, स्याङ्जाका ५ र नवलपरासीका ३ जना रहेका छन् । १६ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५४ हजार ६८६ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १८४ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १६० जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २५ रहेको छ ।

  • ४ पुष २०७८, आईतवार १७:०८ प्रकाशित