‘एमसीसी’गठबन्धन भत्काउने ओलीको अस्त्र :इन्डाइरेक्टली भने,‘गठबन्धनको आडमा पारित हुनुहुदैँन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसदमा अवरोध पुर्याउँदै आएको प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई इन्डाइरेक्टली गठबन्धन फुटाउन सन्देश दिएका छन् ।

ओली गठबन्धनको आडमा एमसीसी पारित हुन नहुने भन्दै गठबन्धन भत्काए आफुहरु सहयोग गर्न तयार रहेको बताएको स्रोतले बताएको छ। देउवाले आजको सर्वदलीय बैठकबारे जानकारी दिन हिजो ओलीसँग टेलिफोनमा संवाद गरेको बताइएको छ ।

सो कुराकानीको क्रममा ओलीले गठबन्धन फुटाउनुस भनेर ठ्याक्कै नभने पनि उनले अन्य दलको साथ छोडे काँग्रेसलाई सहयोग गर्न आफुहरु तयार रहेको बताएको जनाइएको छ ।

देउवा निकट एक नेताले भने, ‘उहाँले ठ्याक्कै तपाईंहरु फुट्नुस् भन्नु भएको त होइन,’ ती नेताले भने, ‘तर, सरकारमा रहेको कांग्रेसलाई एमालेले सहयोग गर्न तयार छ, यसका लागि उसले अरु दलको साथ छोड्न पर्ने पनि हुनसक्छ ।’

अहिलेकै अवस्थामा आफुहरुले एमसीसी पारित हुन नदिने एमालेको अडान छ ।

  • ४ पुष २०७८, आईतवार १६:०७ प्रकाशित