ए डिभिजन लिग: पोखरामा भएको खेलमा पुलिसलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
मनाङ मर्स्याङ्दी क्लबले शाहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । मनाङ्ले ३—१ गोलको नतिजा निकालेको हो ।

पोखरा रंगशालामा भएको खेलको १०औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

उनले डिफेन्डर दिनेश राजवंशीको लामो पासमा गोल गरेका थिए । पुलिसका गोलकिपर रोशन खड्का आउट अफ पोजिशन थिए । रोशन पेनाल्टी एरिया बाहिर निस्किएका बेला खाली पोष्टमा अञ्जनले सहज गोल गरे ।

यस्तै, ३५औं मिनेटमा मनाङ डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि खराब फाउल गरे । त्यसपछि पुलिसले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काए ।

अञ्जनले ७३औं मिनेटमा फ्रि—किकमार्फत व्यक्तिगत दोस्रो गोल गदै मन टिमलाई अग्रता दिलाए ।

अञ्जनले पुलिसको डिफेन्सिभ वालको दायाँतर्फबाट गरेको फ्रि—किक प्रहार सोझै गोलमा परिणत भयो ।

मनाङका निशान लिम्बुले ८३ औं मिनेटमा घरेलु टोलीका लागि तेस्रो गोल गर्न सफल भए । ओलावालेले गरेको प्रहार पुलिसका गोलकिपर रोशनले फर्काएका थिए ।
जितसंगै ममनाङ ५ खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । पराजित पुलिस ५ खेलबाट ५ अंकसहित तालिकाको नवौं स्थानमा छ ।

यो जितबाट मनाङलाई एएफसी कपमा छनोट हुन थप सहज भएको छ ।

  • ३ पुष २०७८, शनिबार १७:०२ प्रकाशित