सोध्दै नसोधी पदको टीका लगाइएको भन्दै रावलले जनाए आपत्ति

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका नेता डा. भीम बहादुर रावलले आफूलाई सोध्दै नसोधी पार्टीको सल्लाहकार परिषद्को सदस्य बनाइएकोमा आपत्ति जनाएका छन् ।

रावललाई गत मंसिर २५ र २६ गतेको एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सदस्य बनाइएको भन्ने समाचार आएपछि रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो आपति ब्यक्त गरेका छन् – ‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ’।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए ।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा. रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले शुक्रबार बताएका थिए ।

  • ३ पुष २०७८, शनिबार १६:२९ प्रकाशित