कास्की रेडक्रसको २३ औँ महिला गोष्ठि पोखरामा

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखा आन्र्तगत लैङ्गिक तथा सामाजिक समाबेशीकरण समितिको आयोजनामा २३ औ जिल्ला स्तरीय महिला गोष्ठि पोखरामा सुरु भएको छ । रेडक्रस कास्की सहमहामन्त्री एवं लैङ्गिक तथा सामाजिक समाबेशीकरण समिति सभापति उर्मिला खड्काको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा उपसभामुख सृजना शर्माको प्रमुख आतिथ्याता रहेको थियो ।

गोष्टिको उद्याटन गदै उपसभामुख शर्माले समाजमा रेडक्रसको भूमिका उल्लेख्य रहेको बताइन् । विशेष गरि विपद् पछिको उद्धारमा रेडक्रसले खेलेको भूमिकाको शर्माले प्रशंसा गरिन् ।
उनले महिलाको सशक्तीकरणमा समेत रेडक्रसले काम गरेकोमा खुशी व्यक्त गदै महिलाको सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न वाकीँ रहेको बताइन् । संविधानमा महिला अधिकार र महिलाको प्रतिनिधित्व सुनिश्चित गरिए पनि कार्यान्वय नभएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै रेडक्रस कास्कीका उपसभापति डण्डराज शर्मा र कृष्ण तिमिल्सिनाले लैङ्गिक तथा सामाजिक समाबेशीकरण समितिले विगत देखिनै उत्कृष्ट काम गदै आएको स्मरण गरे । सामाजीक घेरा भन्दा माथि उठेर रेडक्रसकर्मीले समाजमा काम गरेको उपसभापतिद्धयले चर्चा गरे ।

यस्तै कार्यक्रममा स्वागत मन्तब्य राख्दै कास्की रडक्रसका महामन्त्री धर्मराज अधिकारीले रेडक्रसले समाजमा खेलेको भूकिका वारे सहभागिलाई जानकारी गराएका थिए । उनले विपद् सगै रक्त संकलन र वितरणमा रेडक्रसले अनवरत काम गरेको स्मरण गरे ।

कोभिड–१९ को महामारिको समयमा समेत रेडक्रस एक दिन बन्द गरेनौँ, निरन्तर सेवामा लाग्यौँ, अधिकारीले भने । राष्ट्रिय परिषद् सदस्य श्याम कुवँरले विपद्को बेला महिलाहरु बढि प्रभावित हुने गरेको बताए । महिला आमा पनि भएकाले समाज रुपान्तरणमा महिलाहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

रमा कोइरालाले संचालन गरेको कार्यक्रममा कार्यक्रममा तीन षियमा प्रशिक्षण दिइने रेडक्रस कास्कीका प्रशासकिय अधिकृत मोहन सिंह खड्काले जानकारी दिए ।

गोष्ठिमा विपद्मा महिला, बालबालिका र ज्यष्ठ नागरिकहरुको संरक्षण, उपशाखामा लैंङ्गिक तथा सामाजिक समाबेशीकरणका गतिबिधी वारे सहमहामन्त्री उर्मिला खड्का र रेडक्रस अभियान वारे प्रशासकिय अधिकृत मोहन सिंह खड्काको प्रशिक्षण रहेने छ ।

  • ३ पुष २०७८, शनिबार ११:१० प्रकाशित