जीवन परियार काँग्रेसको सहमहामन्त्रीमा विजयी

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली काँग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन् ।

मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम आउन भने बाँकी छ ।

कास्कीका परियार शेखर कोइराला समूहका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा समूहबाट उम्मेदवार भएका थिए ।

यसअघि देउवा प्यानलका सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डिना उपाध्याय र आदिवासी जनजातितर्फबाट भीष्मराज आङदेम्बे विजयी भएका छन् ।

  • २ पुष २०७८, शुक्रबार ०६:५० प्रकाशित