थप १६७ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

पोखरा ।
पछिल्लो २४ घण्टाको अबधिमा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै थप दुई सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । उनीहरुसंगै संक्रमणमुक्त हुनेको संख्या आठ लाख आठ हजार ८३ जना पुगेको छ । थप दुई जनासहित संक्रणमका कारण ज्यान गुमाउनेको संख्या ११ हजार पाँच सय ६७ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४० हजार जनाभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या ९४ लाख ६८ हजार चार सय ८९ पुगेको छ । यस्तै अहिलेसम्म दुई करोड १२ लाख ३८ हजार ६ सय २३ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

  • १ पुष २०७८, बिहीबार १८:३९ प्रकाशित