कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भयो : विश्वप्रकाश शर्मा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले आफ्नो जित व्यक्तिको जित नभ्एर सिंगो पार्टीलाई रुपान्तरित गर्ने अभियानको प्रारम्भ भएको बताएका । पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पार्टी कार्यालय, सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने–‘मेरो जित, यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो ।’ शर्मासँगै महामन्त्रीमा गगनकुमार थापा विजयी भएका छन्। थापाले अहिलेसम्म विजयी उम्मेद्धवारहरुमध्ये सर्वाधिक मत प्राप्त गरेर जित हाँसिल गरेका छन् ।

  • १ पुष २०७८, बिहीबार १५:३८ प्रकाशित