कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापाले ३ हजार २३ र विश्वप्रकाश शर्माले १ हजार ९८४ मत पाएर निर्वाचित भएका हुन् ।

महामन्त्री पदका उम्मेदवारमा डा. प्रकाशशरण महतले १ हजार ५५०, प्रदीप पौडेलले १ हजार ४०९, डा. मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत पाए । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।

गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

  • १ पुष २०७८, बिहीबार १५:३० प्रकाशित