किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइ किशोर पक्राउ

केन्द्रभाग मिडिया

म्याग्दी ।
जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा म्याग्दीका १५ वर्षीय र कञ्चनपुरका १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई भदौ २ गतेदेखि १२ गतेसम्म वेनी बजारस्थित एक होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • १३ भाद्र २०७८, आईतवार १४:१० प्रकाशित