७८ वर्षीय श्रीमानको हँसिया प्रहार गरि हत्या

केन्द्रभाग मिडिया

तुलसीपुर ।
दाङको तुलसीपुरमा श्रीमतिले श्रीमानको हत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका– ३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हँसिया प्रहार गरि हत्या भएको हो ।

हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए ।

आइतबार बिहान २ बजेतिर श्रीमति योगीले श्रीमान पुरीलाई हँसिया प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अत्यधिक रक्तश्रावको कारण पुरीको मृत्यु भएको हुनसक्ने अर्यालले बताए ।

  • १३ भाद्र २०७८, आईतवार १३:५८ प्रकाशित