युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्या

केन्द्रभाग मिडिया

भक्तपुर ।
राष्ट्रिय युवासंघ भक्तपुर जिल्ला कमिटीका सदस्य राजन श्रेष्ठको हत्यामा स‌‌लग्न दुईजना पक्राउ परेका छन‍्। हत्या गर्नेहरु श्रेष्ठकै नजिकका साथी रहेको प्रहरी स्रोतले बताएको छ। उनको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।

आर्थिक लेनदेनका कारण उनीहरुले आफ्नै साथीको हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । उनीहरुले मंगलबार साँझ श्रेष्ठमाथि निर्घात कुटपिट गरेका थिए। गठ्ठाघरबाट बालकोट जानेक्रममा हनुमन्ते खोला नजिक उनीमाथि निर्घात कुटपिट भएको थियो।

महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक नरहरि रेग्मीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
घटना विवरणअनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।
मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट लागेको छ ।

  • २२ मंसिर २०७८, बुधबार १३:१३ प्रकाशित