दिलकुमारी खाँणको तीजगीत ‘बुवाको आँगनीमा’ सार्वजनिक

केन्द्रभाग मिडिया

पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ समसामयिक तथा मौलिक तीज गीत ‘ बुवाको आँगनीमा’ सार्वजनिक भएको छ ।

लय तथा शब्द संकलन लक्ष्मी आफैले गर्नुभएको गीतमा आवाज पनि उहाँकै सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गरेका छन् । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण “म्युजिकल दिल” युट्युबच्यानल मार्फत आज प्राज्ञ नगेन सिँह ठकुरीले गीतलाई सार्वजनिक गरेका हुन् ।

प्राज्ञ नगेन सिँह ठकुरीले सस्कृति बढाउदैं लैजान पर्ने बताउदै यो बुवाको आँगनीमा तिज गितमा नेपाली महिलाहरुको पिडा, भोगाई झल्केको हुनाले गित हेरेर सुनेर प्रत्येक नेपाली महिलाले आफ्नै कथा, व्यथा सम्झने विश्वास व्यक्त गरे ।

अनुप अधिकारीको निर्देशन रहेकोे भिडियोको सह–निर्देशक सोफि धरेल गरेका छन् । प्रमुख छायाकंन मिलन शंकर र छायाकंन दिपेश केसीले,े भिडियोलाई सम्पादन र कलरिङ्ग नेत्र गुरुङ्गले गरेका ह’न् । भिडीयोमा जय गुरुङ्गको श्रृंगार रहेको छ ।

युवा निर्देशक अनुप अधिकारीले भिडीयो बनाउँदै जादा महिलाहरुले भोग्नु परेको पिडा महसुस भएकाले अझ धेरै मेहनत गर्ने प्रेरणा मिलेको बताए ।

लक्ष्मीले यो गित तीस वर्ष अगाडि आफुले देखेका, भोगेका आधारमा सृजना भएको जानकारी दिदै गितलाई सबैले मनपराउने विश्वास व्यक्त गरिन् ।

गीतको भिडियोमा ईन्दु सेन, नज्योशा सिँह ठकुरी, बुलु शाहा, संगिता पौडेल, ज्योति हमाल, प्राज्ञ नगेन सिँह ठकुरी, विष्णु राज तिमिल्सिना, उज्ज्वल राज ढकाल, प्रभात अधिकारी, रिमा शाहि, आनिया तामाङ्ग, प्रमिसा सिलवाल, झुमा कुमारी शाहि, खिम बहादुर शाहि, आयुष्का श्रेष्ठ, सिम्रन शाहि, सुशिल सुवेदी, सुस्मिता शाहि आदि कलाकारको अभिनय हेर्न पाइन्छ ।

 

  • १२ भाद्र २०७८, शनिबार १६:०८ प्रकाशित