लागुऔषधसहित दुई युवा पक्राऊ

केन्द्रभाग मिडिया

पोखरा ।

लागू औषधसहित दुई जना युवालाई कास्की प्रहरी पक्राउ गरेको छ । लागु औषध कारोबार गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बुधबार पोखरा–१७ बाट स्याङ्जा पुतलीबजार घरभई हाल पोखरा १५ बस्ने २८ वर्षीय जोनि गुरुङ र तनहुँको सुक्ला गण्डकी–१६ ढोरवाराही बस्ने २६ वर्षीय पूर्ण बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागू औषध डाईजापाम ९६ एम्पुल, नुर्फिन ९७ एम्पुल र फेनारगन ९६ एम्पुल गरी जम्मा २८९ एम्पुल र मोवाईल तीन थान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

उनीहरुलाई पक्राउ गरि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धि मुद्दामा दिन १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको उनले बताए ।

  • १६ मंसिर २०७८, बिहीबार २०:०५ प्रकाशित