झण्डै २ लाख अमेरिकी डलरसहित छिरिङ पोखराबाट पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अबैध विदेशी मुद्रासहित एक जनालाई सार्वजनिक गरेको छ । मुस्ताङ लो–घेकर दामोदर कुण्ड १ स्थाई घर भई पोखरा महनगर–९ बस्ने वर्ष ४२ का छिरिङ डुन्डु गुरुङलाई प्रहरीले पक्राउ गरेको ।

उनको साथबाट अमेरिकी डलर १ लाख ९४ हजार २ सय बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंसिर १० गते उनलाई पक्राउ गरेको हो । काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको सवारी साधन चेकजाँच गर्ने क्रममा गुरुङ पक्राउ परेको तिवारीले जानकारी दिए ।

निजलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको । विदेशी मुद्रा कारोवारीमा अन्य व्यक्ती पनि संलग्न रहेको प्रहरीले आशंका गरेको छ ।

  • ११ मंसिर २०७८, शनिबार १४:५० प्रकाशित